बैशाख २४, २०८१, सोमबार
               

शाहरुखपुत्र आर्यन हिरासतमा

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

मुम्बई । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित आठ व्यक्तिलाई नारकोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले पक्राउ गरेर हिरासतमा राखेको छ । आर्यनमाथि एक क्रुज रेव पार्टीमा सहभागिता जनाएको आरोप लागेको छ । एनसीबीले शनिबार राती मुम्बईमा रेव पार्टी भइरहको एक क्रुजमा छापा मारेको थियो ।

पार्टीमा आर्यनसहित मुनमुन धमेचा र अरबाज मर्चेन्टलगायत सहभागी थिए । एनसीबीले एनडीपीएस एक्ट १९८५ अन्तर्गत रहेर सबैलाई पक्राउ गरेको हो । यद्यपि आर्यन एकदिनको एनसीबी कस्टडीमा छन् । एनसीबीले आर्यनसहित अन्य व्यक्तिसँग कोकिन, चरेस र एमडी जस्ता लागुपदार्थ भेटिएको दाबी गरेको छ ।

आर्यनसहित सबैलाई नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटान्सेज एक्ट(एनडीपीएस)को धारा ८–सी, २०–बी, २७ र ३५ अनुसार कारवाही गरिएको छ । यो धारा अनुसार ड्रग्सको सेवन गर्ने व्यक्तिलाई अधिकतम एक वर्षको जेल सजाय या २० हजार जरिवाना दिने प्रावधान छ ।

आर्यनलाई अदालतमा पेश गरिरहँदा अभियोजन पक्षका वकिल अद्वैत सेठनाले आर्यनलाई दुई दिन एनसीबीको हिरासतमा राख्न माग गरेका थिए । तर अदालतले एकदिनको मात्र मञ्जुरी दिएको थियो । आर्यनका वकिल सतीश माने सिन्देले क्रुमा आर्यनको नाममा क्याबिन बुक नभएको र उनलाई सिट नभएको उल्लेख गरेका छन् ।

आर्यनसँग बोर्डिङ पास पनि नरहेको वकिलको दाबी छ । उनी साथीहरुको निम्तो मान्न गएको वकिलको भनाई छ । वकिलका अनुसार आर्यनलाई केवल ह्वाट्स एप च्याटको आधारमा पक्राउ गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि