बैशाख २५, २०८१, मंगलबार
               

प्रिती र पवनको ‘आलु जस्तो केटी’

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

काठमाडौं । गायिका प्रिती आले र गायक पवन रानाको स्वरमा नयाँ गीत ‘आलु जस्तो केटी’ सार्वजनिक भएको छ । गायक पवन र गायिका प्रितीको यो दोस्रो सहकार्य हो । यसअघि, उनीहरुले डेढ वर्षअघि ‘भुत्रो मायाजाल’बोलको गीत सार्वजनिक गरेका थिए ।

गायिका प्रितीले यसपटक पनि डान्सिङ गीत दर्शक तथा श्रोतामाझ ल्याएको बताइन् । ‘लोक गीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ, तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोकपप गीतलाई पनि लोकदोहोरी गायिकाले के गीत गाएको भन्ने प्रश्न गर्नुहुन्छ तर मलाई सबै किसिमको गीत गाउन मन पर्छ’, प्रितीले भनिन् ।

गायक पवनले यसअघि गायिका प्रितीसँगको सहकार्यमा दर्शक तथा स्रोताले मन पराइदिनु भएकाले यसपटक पनि सहकार्यलाई अगाडि बढाएको बताए । गीतमा शब्द प्रितीको र संगीत पवनको छ । एरेञ्ज भने विपिन आचार्यले गरेका छन् ।

गीतमा पवन र प्रितीसँगै रञ्जन पाण्डे र अलिसा शर्मा फिचर्ड छन् । भिडियोमा द नेक्स्ट ग्रुपको प्रदीप लामाको कोरियोग्राफी र निर्देशन छ ।


कस्तो लाग्यो ?

यो पनि