बैशाख २२, २०८१, शनिबार
               

चलचित्र संघले गर्‍यो हल खोल्ने निर्णय

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोनाका कारण  बन्द रहेका सिनेमा हललाई प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु बन्दको बन्दै छन् । हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघले लामो समयदेखि फिल्म रिलिजका लागि विभिन्न पक्षसँग छलफल गरेपनि उपलब्धि ‘हातमा लाग्यो शून्य’ भनेझैं छ । 

फिल्म रिलिजका लागि निर्माता र प्रदर्शकबीच एमजीमा सहमति जुट्न सकेको छैन । निर्माताहरु विना एमजी फिल्म रिलिज गर्न तयार नहुनु र प्रदर्शकहरु निर्माताले मागे जति एमजीमा सहमत नहुँदा हल खुल्ने नै अनिश्चित बनेको थियो । तर, शनिवार बलिउड फिल्म ‘सूर्यवंशी’ ले तिहारलाई रिलिज डेट तोकेपछि आइतवार चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गरेको छ । 
 आइतवार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले १८ महिनादेखि फिल्म प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब उप्रान्त २ हप्ताको अन्तरालमा फिल्म रिलिज गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाली फिल्मले तोकेको मितिमा विदेशी फिल्म प्रदर्शन नगरिने पनि संघको निर्णय छ । फिल्म रिलिजवापत निर्माताले पाउने शेयर पनि बढाइने भएको छ ।
 
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी फिल्मको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्माता/वितरकलाई भुक्तानी गरिनेछ । दोस्रो हप्तामा ५०/५० प्रतिशत हुनेछ ।’ पहिला फिल्म रिलिजको पहिलो हप्तामा निर्माताले ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत शेयर पाउने गरेका थिए । अब पहिलो र दोस्रो हप्ता ५/५ प्रतिशत बढाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि