बैशाख २०, २०८१, बिहीबार
               

मिस नेपाल युएसकाे उपाधि प्रतिक्षालाई

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

‘मिस नेपाल युएस-२०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा शनिबार साँझ सम्पन्न १०औं संस्करणको प्रतियोगितामा उनले आफ्ना १० प्रतिस्पर्धीलाई पछि पारेर शीर्ष उपाधि हासिल गरेकी हुन् । इप्लानेट प्रा.लि.को आयोजनामा सम्पन्न प्रतियोगितामा कला न्यौपाने फस्ट रनर अप र अलिशा लिम्बू सेकेन्ड रनर अप घोषित भए । 

अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरू सहभागी भएको प्रतियोगिताको अन्तिम स्पर्धामा अपेक्षासिंह गुरुङ परियार, अलिशा लिम्बू, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ र सोन्याषा थापा थिए । 


कस्तो लाग्यो ?

यो पनि