बैशाख २०, २०८१, बिहीबार
               

ग्रिन फिल्म मेकिङको विषयमा भर्चुअल मास्टरक्लास हुँदै

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

काठमाडौं । युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्मी अर्थात ग्रिन फिल्म मेकिङको बारे भर्चुअल मास्टरक्लास आयोजना गर्ने भएको छ । यो कार्यक्रम शुक्रबार दिउँसो २ बजे आयोजना हुँदैछ । यो मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव नियुफ २०२१ अन्तरगतकै एउटा कार्यक्रमको रुपमा आयोजना गर्न लागिएको हो ।

श्रव्यदृश्य निर्माण गर्दा वातावरणमा पर्ने नकारात्मक असरहरुलाई कम गर्ने उद्देश्यले निर्माता तथा चलचित्र उद्योगसँग सम्बन्धित अन्य सार्वजनिक तथा निजी निकायहरुले तयार गरेका नीति तथा व्यवस्थाहरुलाई हरित चलचित्र निर्माण वा दिगो चलचित्र निर्माण भनेर वुझ्ने गरिन्छ ।

चलचित्र उद्योगले पनि वातावरणलाई जोगाउनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यो मास्टरक्लासमा हरित चलचित्र मूल्यांकन प्रणालीका निर्देशिका बमोजिम चलचित्र निर्माणस्थललाई कसरी दिगो बनाउन सकिन्छ भन्ने बिषयमा निर्माताहरुले व्यवहारिक रुपमा के गर्न सक्छन् भनेर जान्ने मौका पाउने आयोजकले बताएको छ ।

मास्टरक्लासमा प्रशिक्षक डाक्टर अल्बर्टो बाट्टोचीले प्रशिक्षण दिनेछन् भने भ्यालरियो कारुसोले सहजिकरण गर्नेछन् । यो मास्टरक्लासमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अतिथि वक्ताको रुपमा आफ्नो भनाई राख्ने बताइएको छ । यो मास्टरक्लासमा चलचित्र क्षेत्रको हरेक विधामा काम गर्ने चलचित्रकर्मीलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि