बैशाख २१, २०८१, शुक्रबार
               

हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

काठमाडौं । अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ । लियो क्लब अफ काठमाडौं समर्पणद्वारा शनिबार यहाँ आयोजित सो प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए ।

प्रतियोगितामा केन्द्रीय विद्यालय द्वितीय, राजश्री गुरुकुल तृतीय र राई स्कुलले सान्त्वना पुरस्कार हात पारेका हुन् । प्रथम भएसँगै युलियन्सले २८ हजार रुपैयाँ र केन्द्रीय विद्यालयले १५ हजार रुपैयाँ बराबरको उपहार र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताका तृतीय र चौथो टोलीलाई  प्रमाणपत्र र ‘टोकन अफ लभ’ प्रदान गरिएको छ । प्रतियोगितामा कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रियान्सु जलानले जानकारी दिए ।

प्रा. डा. महेन्द्रप्रसाद सिंह, लायन्स क्लब अफ काठमाडौं समर्पणका अध्यक्ष लभेन्द्र मल्ल र लायन्स क्लबका मल्टिपल काउन्सिल चियरपर्सन मानबहादुर रोकाले पुरस्कार र प्रमाणपत्र वितरण गरे ।

सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको लियो क्लब अफ काठमाडौं समर्पणले कोभिड–१९ को समयमा ३०० भन्दा धेरै व्यक्तिलाई निःशुल्क खाना खुवाउनुका साथै रक्तदान र लत्ताकपडा सहयोगलगायतका काम गरेको क्लबका पूर्वअध्यक्ष सिद्धान्त अग्रवालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि