बैशाख १४, २०८१, शुक्रबार
               

आयुष्मान-प्रियंकालाई पुत्री लाभ

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन् । आयुष्मान र प्रियंकाले दुई वर्ष अघि विवाह गरेका हुन् । सिने जगतमा चल्तीकी नायिका प्रियंका गर्भावस्थामा थप चर्चित भएकी थिइन् ।

उनले गर्भावस्थामा गरेका विभिन्न क्रियाकलापमाथि थुप्रैको नजर अडिने गर्दथ्यो । कतिले उनलाई समर्थन गर्थे भने कतिले उनको आलोचनासमेत गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि