बैशाख १२, २०८१, बुधबार
               

पोर्नोग्राफी मुद्दामा जमानत पाएका राज कुन्द्रा दुई महिनापछि रिहा

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा रिहा भएका छन् । पोर्न फिल्म बनाएको अभियोगमा हिरासतमा रहेका व्यवसायी कुन्द्रा र उनसँगै गिरफ्तार भएका रेयान थोर्पे मजिस्ट्रेट अदालतको जमानतमा मंगलबार कारागारबाट रिहा भएका हुन् ।

मुख्य न्यायाधीश एसबी भाजीपाको इजलासले सोमबार ५० हजार धरौटीमा कुन्द्राको जमानत स्वीकार गरेको थियो । दुई महिना पहिला पोर्न फिल्म बनाएको अभियोगमा मुम्बई क्राइम ब्रान्चले उनलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा उनलाई अर्थर रोड जेलमा राखिएको थियो । मंगलवार दिउँसो उनी रिहा भएका हुन् ।

१९ जुलाईमा पक्राउ परेका कुन्द्रामाथि मुम्बई प्रहहरीले आईपीसी, सूचना प्रविधि ऐन र स्त्री अशिष्ट प्रतिनिधि (प्रतिषेध) ऐनअन्तर्गत मुद्दा चलाएको थियो । अब कुन्द्राले बाहिरै बसेर मुद्दामा कानूनी लडाइँ लड्ने छन् ।


कस्तो लाग्यो ?

यो पनि