बैशाख ०८, २०८१, शनिबार
               

‘एमी अवार्ड’मा ‘द क्राउन’को वर्चस्व

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

लसएञ्जल्स । अहिलेको विश्वमा ‘एमी अवार्ड’ प्रतिष्ठिन अवार्डको रुपमा लिइन्छ । यो अवार्डको ७३ औं संस्करणको विजेता घोषणा गरिएको छ ।

यो अवार्डमा ‘द क्राउन’ले कैयौं विधामा अवार्ड जितेको छ । यो फिल्मले ‘वेस्ट ड्रामा सिरिज’, ‘वेस्ट एक्टर(ड्रामा)’ र ‘वेस्ट एक्टर इन सपोर्टिङ रोल’ जस्ता प्रमुख विधाको अवार्ड पोल्टामा पारेको छ । फिल्मले ‘वेस्ट राइटिङ’ र ‘निर्देशन’ विधाको अवार्ड पनि जितेको छ ।

गत वर्ष यो अवार्ड कोभिड महामारीका कारण भर्चुअल गरिएको थियो । तर यसपटक कोभिड केही मत्थर भएको मौका पारेर विगतका अवार्डझैं भौतिक उपस्थितिमा गरिएको थियो ।

फिल्म ‘द क्राउन’का लागि पीटर मोरगन एण्ड कम्पनीले लेखन, गिलियन एण्डरसनले सहायक अभिनेत्री, टोबियस मेन्जीसले सहायक अभिनेता र जोश ओ कोनेरले सर्वश्रेष्ठ अभिनेताको अवार्ड जिते ।

‘टेड लासो’मा आफ्नो भूमिकाका लागि सुदीकिसले कमेडी सिरिजमा सर्वश्रेष्ठ अभिनेता पुरस्कार जिते । यो फिल्मका लागि हना वाडिंगम र ब्रेट गोल्डस्टीनले सहायक अभिनेताको श्रेणीमा पुरस्कार आफ्नो नाममा पारे ।

इवान मेकग्रेगरले ‘हाल्सटन’मा आफ्नो भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते ।


कस्तो लाग्यो ?

यो पनि