बैशाख २४, २०८१, सोमबार
               

अभिनेत्री ऋचा बनिन् छोराकी आमा

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

अभिनेत्री ऋचा शर्मा आमा बनेकी छन् । उनले आज बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् । काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए । 

प्रवक्ता बास्तोलाले ऋचा र उनका छोरा दुबैको स्वास्थ्य सामान्य रहेको जानकारी दिए ।

ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन् । भिसा गर्ल, लुट, टलकजंग भर्सेस टुल्के, उमाजस्ता फिल्मकी अभिनेत्री ऋचा पछिल्लो समय कमेडी च्याम्पियन नामक कमेडी रियालिटी सोमा निर्णायकको भूमिकामा थिइन् । गत साता डाक्टरले दिएको डेट स्वास्थ्यकै कारण कमेडी च्याम्पियन सिजन २ बाट विश्राम लिएकी थिइन् ।  
 


कस्तो लाग्यो ?

यो पनि