बैशाख २४, २०८१, सोमबार
               

अक्षयकुमारकी आमाको निधन, बलिउडका कलाकारहरुद्वारा श्रद्धाञ्जलि व्यक्त

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

मुम्बई । बलिउड नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिँदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफूभित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु ।

मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई आरामसँग छोडेर कुनै दोश्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छिन् । म तपाईंहरु सबैको प्रार्थनाको उच्च सम्मान गर्दछु । ओम शान्ति !’

अक्षयको जन्मदिन सेप्टेम्बर ९ तारिखमा हो । अक्षयको जन्मदिन भन्दा एक दिन अगाडि उनकी आमाको निधन भएको छ । अरुणालाई ६ दिनसम्म आइसीयूमा भर्ना गरिएको थियो । आमाको स्वास्थ्य अवस्था विग्रिएपछि अक्षय बेलायतबाट चलचित्र ‘सिन्ड्रेला’को छायांकन छाडेर भारत फर्किएका थिए ।

अक्षयकी आमाको निधनमा बलिउडका कलाकारहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अक्षयले आमाको निधनपछि पनि चलचित्रको छायांकन नरोक्न निर्मातालाई आग्रह गरेका छन् । आफू आवश्यक नहुने दृश्यको छायांकन जारी राख्न उनले निर्मातालाई आग्रह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अक्षयको साथमा ९ वटा प्रोजेक्ट छ । जसमा ८ वटा चलचित्र र एउटा वेव सिरिज छ ।


कस्तो लाग्यो ?

यो पनि