बैशाख २४, २०८१, सोमबार
               

कमेडी च्याम्पियनबाट ऋचाले लिइन् बिदा

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

काठमाडौं । अभिनेत्री लिटी शो ‘कमेडी ऋचा शर्मा लोकप्रिय कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् । आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनोटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहे पनि फाइनलमा भने उपस्थित हुन नसक्ने भएकी छु ।’ डाक्टरलगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अवको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको  उनले सुनाइन् ।

उनले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।

यो पनि