बैशाख २४, २०८१, सोमबार
               

अमिताभ बच्चन फिल्म छायांकनका लागि नेपाल आउँदै

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

काठमाडौं ।

नेपालमा फिल्म छायांकन गर्न बलिउडका बिग बि अमिताभ बच्चन आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए बमोजिम उनि 'उचाई' फिल्मको छायांकनको लागि नेपाल आउन लागेका हुन् । पारिवारिक ड्रामा बनाउन माहिर मानिने सुरज बडजात्याले यसको निर्देशन गर्नेछन् । 

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी , नीना गुप्ता , पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मको लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् ।

कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको ठुला स्टार अमिताभ छायांकनको लागि आउनु सुखद नै हुनेछ । यसले नेपालको पर्यटनमा पनि उलेख्य रुपमा टेवा पुर्याउने छ । 


कस्तो लाग्यो ?

यो पनि