बैशाख २४, २०८१, सोमबार
               

विष्णु माझीको ‘चरी जेलैमा’ लोकगीतको भ्युज १३ दिनमै एक करोड

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । लोकदोहोरीकी चर्चित गायिका विष्णु माझीको स्वरमा सार्वजनिक तीज गीत ‘चरी जेलैमा’ले युट्युबमा छोटो समयमै १ करोड भ्यूज पाउन सफल भएको छ । युट्युबमा सार्वजनिक भएको १३ दिनमा मंगलबार यस गीतको भ्यूज १ करोड पुगेको हो ।

योसँगै युट्युबमा हेरिएका गीतमध्ये छोटो समयमा एक करोड भ्यूज पाउने गीतमा ‘चरी जेलैमा’ले रेकर्ड राखेको छ । यसअघि सबैभन्दा छोटो समय (१५ दिनमा) प्रकाश सपूतको ‘कुरा बुझ्न पर्च’ र अस्मिता अधिकारीको ‘टाढा भएपनि’ले एक करोड भ्यूज पाएको थियो ।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा सार्वजनिक ‘चरी जेलैमा’मा विष्णुकै श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतमा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन छ ।

शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै निर्देशन गरेको भिडियोमा ललिता पौड्यालको अभिनय छ । सार्वजनिक भएको सुरुवाती दिनमा औसत चर्चामा रहेको यस गीतले सामाजिक सञ्जालमा चर्चा पाउँदै गएसँगै भ्यूजमा पनि नयाँ रेकर्ड राखेको थियो । यो गीतले २४ घन्टामा १० लाख बढी हेरिएको गीतको समेत रेकर्ड राखेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि