बैशाख २३, २०८१, आइतबार
               

फिल्म ‘एक’ पनि डिजिटल प्लेटफर्ममा रिलिज गर्ने

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT


काठमाडाैं । चलचित्र घर तत्कालै नखुल्ने सम्भावना भएपछि निर्माता निर्देशक फिल्म रिलिजको लागि डिजिटल प्लेटफर्म विकल्पको रुपमा रोज्न थालेका छन् ।

यस्तैमा निर्देशक मनोज पण्डितले फिल्म ‘एक’ पनि डिजिटल प्लेटफर्ममा रिलिज गर्ने भएका छन् । मंगलबार फिल्मको ट्रेलर रिलिज गर्दै निर्देशक पण्डितले फिल्मको रिलिजको बिषयमा समेत जानकारी दिएका हुन् ।

घटस्थापनाको अवसर पारेर २१ असोजबाट रिलिज हुने फिल्म डिजिटल प्लेटफर्म सिनेमाघर एप्लिकेसन, डिस होम, नेट टिभी, भाए टिभी, म्याक्स टिभी र ओहो मुभिजमा सःशुल्क हेर्न सकिनेछ निर्देशक पण्डितले बताए ।

फिल्मको सार्वजनिक ट्रेलरमा राजनीति मार्फत देश टुक्राउन लागि परेको शक्तिविरुद्धको कथा प्रस्तुत गरिएको छ । ‘देश जोगाउन एउटा इमान्दार एजेन्टको संघर्ष फिल्मको द्वन्द्व हो’ निर्देशक पण्डितले भने । फिल्ममा विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद अग्रहरीलगायतको मुख्य भुमिका छ । निर्देशक पण्डितकै कथा रहेको फिल्म आत्मा गुरागाइँ र सोफी थापाले निर्माण गरेका हुन् ।

दीपक बज्राचार्यको छायांकन, भरतमणी रेग्मीको सम्पादन र प्रमोद खड्काको द्वन्द्व निर्देशन रहेको फिल्ममा सवीर चुरौते, प्रमोद खड्का, विश्वान्त पोखरेल, मदन ठाकुर, सुरेश शाह, रामशरण पाठक, हरोण अलीको पनि अभिनय देख्न सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि