बैशाख २३, २०८१, आइतबार
               

सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री र प्रचण्डबीच छलफल

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटवार्तामा सरकार विस्तारका विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे कुरा भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटले जानकारी दिए ।

लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना भएपछि सत्ता गठबन्धनका नेताहरु सरकार विस्तारको तयारीमा छन् ।


कस्तो लाग्यो ?

यो पनि