बैशाख २३, २०८१, आइतबार
               

दमन रुपाखेतीलाई पितृशोक

नेपाल फ्ल्यास
भदौ १२, २०७८

ADVERTISEMENT

काठमाडौं । हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरि रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै आकस्मिक निधन भएको हो ।

मृतक रुपाखेतीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको कलाकार उत्तम केसीले जानकारी दिए । मृतक रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । उनले गोत्रबारे पुस्तकसमेत लेखेका छन् ।

उनका चार सन्तानमध्ये दमन साइँला हुन् । थुप्रै टेलिसिरियल, केही चलचित्र, गाईजात्रा कार्यक्रम, म्युजिक भिडियोमा काम गरेका दमन पछिल्लो समय हास्य टेलिसिरियल ‘मेरी बास्स’को निर्देशक एवं कलाकारका रुपमा सक्रिय छन् ।


कस्तो लाग्यो ?

यो पनि