बैशाख २३, २०८१, आइतबार
               

घनश्यामले ल्याए गाईजात्रे कोसेली ‘ट्वाकेन्द्रसँग मनका कुरा’

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौंं । हास्यकलाकार घनश्याम गौतमले गाईजात्राको अवसर पारेर गाईजात्रे कमेडी कोसेली ‘ट्वाकेन्द्रसँग मनका कुरा’ ल्याएका छन् ।

विभिन्न समसामयिक विषयवस्तु अलावा द्वन्द्वकालका सहिद परिवारका सपना, देशको भ्रस्टाचार र कोरोना खोपको विषयमा ‘ट्वाकेन्द्रसँग मनका कुरा’मा प्रस्तुति मार्फत प्रहार गरिएको छ ।

अन्तर्वार्ता शैलीमा प्रस्तुत कमेडीमा चर्चित ढुङ्गेलको गौतमलाई साथ दिएका छन् । हरि कार्कीको छायांकन तथा सम्पादन रहेको ‘ट्वाकेन्द्रसँग मनका कुरा’को निर्माण संयोजकमा चर्चित ढुंगेल हुन् ।

यसअघि सार्वजनिक विभिन्न गाईजात्रे कोसेलीमा नेकपा माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेर देखिएको गौतम यसमा ट्वाकेन्द्रको रुपमा देखिएका छन् ।

 

यो पनि