बैशाख २३, २०८१, आइतबार
               

नेपाल आइडल सिजन-४ का जजहरू फाइनल

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल आइडल सिजन-४ का जजहरु फाइनल भएका छन् ।

चौथो सिजनको जजमा सुगम पोखरेल, शुवानी मोक्तान र शम्भुजित बास्कोटा रहने पक्का भएको हो ।

नेपाल आइडलको अफिसियल फेसबुक पेजमा पोस्ट गर्दै यस विषयमा जानकारी दिइएको हो ।

अघिल्लो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज थिए ।

त्यस्तै यस सिजनमा होस्ट पनि परिवर्तन भएका छन् । अघिल्लो सिजनमा असिफ शाह र माम्पी घोसले कार्यक्रम सञ्चालन गरेका थिए । यस पटक माम्पीको ठाउँमा रेश्मा घिमिरेको इन्ट्री भएको छ ।

यस सिजनका लागि डिजिटल अडिसन सुरु भइसकेको छ । अडिसन समय भदौ ३१ गते सम्म छ ।


कस्तो लाग्यो ?

यो पनि