बैशाख २३, २०८१, आइतबार
               

जनवादी गायकप्रति प्रचण्डको मोह

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेवी टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । यही भदौ १ गते ‘स्ट्रोक’ भएपछि गायक टुहुरे बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत छन् । 

अध्यक्ष दाहालले संविधानसभा सदस्यसमेत रहेका टुहुरेको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरेका थिए ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार वरिष्ठ जनवादी गायक टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन आफूले पहल गर्ने बताएका थिए । 


कस्तो लाग्यो ?

यो पनि