बैशाख २४, २०८१, सोमबार
               

भूमिकाको तीज कोशेली ‘बाटुला’ (भिडियो)

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । लोक गायिका भूमिका शाहको तीज गीत ‘बाटुला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

भूमिका र नकुल गौतमको स्वर रहेको गीतको भिडियो धर्मेन्द्र आचार्यको निर्देशनमा बनेको हो ।

भिडियोमा श्रीमान र श्रीमतीले एक अर्काको प्रशंसा गरेका छन् ।

भिडियोमा समिक्षा घताने, शर्मिला श्रीमाल, शरद एल.जी, रामकृष्ण दुवाडी र अभि शर्मा लगायतले अभिनय गरेका छन् ।

म्युजिक भिडियो सार्वजनिक गर्दै गायिका भूमिकाले तीजलाई लक्षित गरी गीत सार्वजनिक गरेको बनाइन् । 

पछिल्लो समय तीज गीतहरुमा विकृति-विसंगति देखिने गरेको व्यापक गुनासो सुनिने गरेका छन् । तर भूमिकाको गीतमा भने त्यस्तो नभएको प्रतिक्रिया आएको छ ।

'म्युजिक भिडियोले समाजमा सकारात्मक असर देखाउनेछ । दर्शक तथा श्रोताहरुले यो भिडिओ मन पराईदिनुहुनेछ भन्ने मैले विश्वास लिएकी छु', भूमिकाले भनिन् ।

 

यो पनि