बैशाख २४, २०८१, सोमबार
               

‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

मुम्बई । गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् । यो बीचमा शोमा शिल्पाको स्थानमा कैयौं अन्य सेलिब्रेटीले उनको कमी पूरा गरे । अहिले भने शिल्पा ३ हप्तापछि शोमा फर्किएकी छन् ।

शिल्पाले सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी छन् । त्यही कारण निर्माताहरु शोमा शिल्पाको पुनरागमन पर्खिरहेका थिए ।

‘पति पोर्न मुद्धामा परेपछि शिल्पाका लागि शोमा फर्किनु निकै जोखिमपूर्ण काम थियो । तर, उनले हिम्मत हारिनन् । शोमा शिल्पा फर्किएपछि निर्माता खुशी छन्’, शो निकट स्रोतले भन्यो । शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायक छन् ।

शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथि बनेर पुगेका थिए । ‘सुपर डान्सर ४’को आगामी भागमा ‘इण्डियन आइडल’का विजेताहरुले विशेष प्रस्तुति दिनेछन् ।

राज पोर्नोग्राफी मुद्धामा न्यायिक हिरासतमा छन् । राजमाथि आरोप लागेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले शिल्पालाई पनि ट्रोल बनाएका थिए । शिल्पाले क्राइम ब्राञ्चलाई दिएको बयानमा आफ्नो राजको कम्पनीसँग कुनै लेनदेन नभएको बताएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि