बैशाख २३, २०८१, आइतबार
               

डाँडाको वरपीपलमा शिवसँगै भुवन

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

काठमाडौं । काेरोना महामारीको जोखिम सबैभन्दा बढी प्रभाव फिल्म क्षेत्रमा परेको छ । नेपालमा कोरोना संक्रमण देखिनु अगाडि नै फिल्म प्रदर्शनमा रोक लगाइएका कारण रिलिजका लागि तयार भएका फिल्म प्रभावित भएका छन् । बीचमा केही समय फिल्म रिलिज खोलिएपनि पुनःयसमाथि रोक लगाइएका कारण फिल्म व्यवसाय ठप्प बन्न पुगेको छ ।

यस अवस्थामा केही फिल्म ओटीटी र युट्युबमार्फत रिलिज भएका छन् भने फिल्म रिलिज रोकिए पनि केही फिल्म सुटिङ फ्लोरमा गएका छन् । यसै क्रममा निर्माता निर्देशक शोभित बस्नेतले पनि नयाँ फिल्म बनाइरहेका छन् ।

बस्नेतको ३१औं फिल्म डाँडाको वरपीपलमा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन। आगामी भदौ ५ बाट पुनः छायांकन शुरू हुने फिल्मको छायांकन अवधि ६० दिनको रहने छ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिनेछ ।

फिल्ममा यस अघि नै शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अश्मी थापा, ज्ञानकुमार कटेल फाइनल भइसकेका छन् । करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले २०६२ सालको फिल्म राजु राजा राममा सँगै अभिनय गरेका थिए।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहनेछ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र नवराज गिरीको गीत रहनेछ।

यो पनि