बैशाख २२, २०८१, शनिबार
               

आफ्नै लाग्छन् कुलमान : दीपकराज

नेपाल फ्ल्यास
साउन २७, २०७८

ADVERTISEMENT

कुलमान घिसिङ दोस्रो पटक नेपाल विद्युत् प्राधिकरणमा नियुक्त भएसँगै कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् ।  उनले आफ्नो आफन्त नपरे पनि कुलमान आफ्नैजस्तो लाग्ने बताउँदै उनको पुनरागमनले खुसी लागेको उल्लेख गरेका छन्  ।

उनले लेखेका छन्, ‘कुलमान न काका बौका छोरा ! न आमा  पट्टिका न मामा पट्टिका भनेजस्ता । तैपनि किन किन आफ्नै जस्ता लाग्ने ! उनको कार्यकाल थपियोस् भनेर एकताका खुबै कराइयो । उफ्रियो । यसको मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाँक्न सक्दैन भनेर पनि होइन । आज पनि म कहिलेकाही त्यो कालो अँध्यारो र चिसो रातहरूलाई सम्झन्छु । त्यतिबेला साँझ नै नपरोस् जस्तो लाग्थ्यो । करिब एक दशक त्यस्तो निरस र कष्टकर जीवन  बिताउन बाध्य भइयो ।’

‘आज ती दिनहरू इतिहास भएका छन् । यिनै कुलमानको आगमनपछि ‘हामी भावनात्मक छौँ’, दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौँ । त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस् भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भव भएन । तर आज ढिलै भएपनि उनको पुनः आगमनले मजस्ता धेरै नेपालीलाई खुसी लागेको हुनुपर्छ ।  राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ ! स्वतन्त्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ  भने राम्रो कामको तारिफ गरिन्छ । यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो । सरकारलाई धेरै धेरै धन्यवाद ! कुलमानजीलाई बधाइ ! जय नेपाल !’

प्राधिकरणको ४ वर्षे कार्यकाल पूरा गरी गत साल भदौ २९ गते बाहिरिएका घिसिङ करिब ११ महिनापछि पुनः प्राधिकरणमा फर्किएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि