बैशाख २१, २०८१, शुक्रबार
               

रणवीर बराबर पारिश्रमिक मागेपछि दीपिकालाई फिल्मबाट आउट

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

मुम्बई । बलिउडका फिल्म निर्देशक संजय लिला भंसालीको मेगा प्रोजेक्ट ‘बैजु बावरा’ बाट अभिनेत्री दीपिका पादुकोण बाहिरिएकी छन् ।

केही भारतीय सञ्चार माध्यमको रिपोर्टका अनुसार अभिनेता तथा दीपिकाको पति रणवीर सिंह जति नै पारिश्रमिक मागेपछि दीपिका उक्त प्रोजेक्टबाट बाहिरिएकी हुन् । 

रिपोर्टका अनुसार फिल्ममा मुख्य भूमिकाका लागि रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणलाई चुनिएको थियो । उक्त निर्णयपछि उनीहरुका दर्शकले निकै खुशी व्यक्त गरेका थिए । तर, दीपिका फिल्मबाट बाहिरिएको खबरपछि धेरै जना आश्चर्यमा परेका छन् ।

फिल्मसँग निकट एक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताएअनुसार दीपिकाले रणवीरको जति नै पारिश्रमिक मागेकी थिइन् । उनले गरेको उक्त माग पूरा नभएपछि उनी बाहिरिएकी हुन् । 

सूत्रका अनुसार दीपिका फिल्मबाट बाहिरिएपछि अब उनको भूमिकामा को आउने भन्ने विषयमा अन्योल नै छ ।

यो पनि