कात्तिक ०२, २०८१, शुक्रबार
               

‘एक्स ९’ मा अनमोलले मागे महंगो पारिश्रमिक

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

काठमाडौं । अभिनेता अनमोल केसी फिल्म ‘एक्स ९’ मा अनुबन्धित भएका छन् । निर्माण युनिटले शनिबार फिल्मको मुख्य भूमिकाको लागि अनमोललाई साइन गराएको छ । महंगो पारिश्रमिक तिर्ने गरेर अनमोल​लाई फिल्ममा लागि अनुबन्धित गरिएको निर्देशक मुकुन्द भट्टले बताए ।

फिल्मका लागि निर्देशक भट्टसहितको टिम लामो समयदेखि अनमोलसँग छलफलमा रहेको थियो । निषेधाज्ञा अघि नै दुई पक्षबीच मौखिक सहमति भए पनि कागजी सम्झौता हुन बाँकी थियो । अहिले भने फिल्म आउँदो जनवरीबाट  छायांकन  गर्ने गरेर सम्झौता भएको हो ।

अनमोल यस अगाडि फिल्म ‘पारस’, ‘एन्टी हिरो’ र ‘माइतीघर २’ समेत अभिनय गर्ने भनिएको थियो । तर अहिलेसम्म कुनै पनि प्रोजेक्ट सुरु हुन सकेको छैन ।

गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको कथा मुकुन्द भट्ट र किंग योगीले तयार पारेका हुन् । दिनेश भट्ट कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र सोनु खत्री रहेका छन् । अनमोलको अलवा सौगात मल्ल, पुष्प खड्का, अनुप विक्रम शाही, राज कटुवालको पनि अभिनय रहने फिल्म नेपालसँगै यूरोप, अबुधाबी र क्यानडामा खिचिनेछ ।

निर्माण टिमले फिल्मका लागि भिलेनको भूमिका बलिउड अभिनेता सुनील शेट्टीलाई अफर गरेको केही अगाडि हल्ला चलेको थियो । 


कस्तो लाग्यो ?

यो पनि