बैशाख २२, २०८१, शनिबार
               

रिजालको संगीतमा तीज गीत ‘टेलिफोनले’

नेपाल फ्ल्यास
साउन २३, २०७८

ADVERTISEMENT

काठमाडौं । तीज निजिकिँदै गरेको अवसर पारेर धेरै कलाकारहरुले आ–आफ्ना कासेली तीज गीतहरु ल्याइरहेका छन् । यसैबीचमा सर्जक केशव रिजालको संगीतमा पनि मौलिक ‘टेलिफोनले’ बोलको गीत र भिडियो सार्वजनिक भएको छ ।

शिव अखेलिको शब्द रचना रहेको उक्त गीतमा रिजालले संगीत भरेका हुन् । त्यस्तै गीतमा लोकप्रिय गायक ईश्वर सिंह, गायिका माया गुरुङ र  अनिता पन्तको आवाज रहेको छ ।

त्यसैगरी उक्त गीतको भिडियोमा निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ भने राजेश घिमिरेले छायांकन गरेका हुन् । साथै, भिडियोमा मोडल सारिका केसी, जीवन सहानी, अनिता पन्त, विशाल गुरुङ, रिया खड्का र अविरल अधिकरीले अभिनय गरेका छन् ।

विष्णु शर्माद्वारा सम्पादन उक्त गीतको भिडियो गायक ईश्वर सिंहकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । हिन्दु महिलाहरुका तीजलाई लक्षीत गरी विभिन्न चेलिबेटीहरुको दुःख र बेदना समावेश गरेर यस मौलिक भाकाको गीत ल्याएको संगीतकार रिजालको भनाइ छ । 

 


कस्तो लाग्यो ?

यो पनि