बैशाख २२, २०८१, शनिबार
               

रिहाना बनिन् विश्वकै धनी अर्बपति गायिका

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

लसएञ्जल्स । हलिउड पपस्टार गायिका रिहाना  अहिले  सबैभन्दा धनी अर्बपति बनेकी छन् । फोर्ब्सले बुधबार सार्वजनिक गरेको अर्बपतिको सूचीमा रिहाना सबैभन्दा धनी महिला संगीतकर्मी बनेकी हुन् ।

उनको नेट कमाई १ दशमलव ७ बिलियन डलर छ । फोर्ब्सका अनुसार उनको आम्दानीको प्रमुख स्रोत संगीत होइन । उनको फेन्टी ब्युटी कस्मेटिक्स लाइनमा ५० प्रतिशत हिस्साबाट १ दशमलब ४ बिलियन डलरको आम्दानी भएको छ ।

उनको कमाईको बाँकी हिस्सा रिहानाको सेभेज एक्स फेन्टी लिंगरी कम्पनीको हिस्साबाट आउछ । यसबाहेक उनको कमाईको हिस्सा गायन र अभिनयबाट आएको हो ।

रिहानाको ब्यूटी कम्पनी निकै लोकप्रिय छ । यो ब्राण्ड ५० स्किन टोनको फाउण्डेसनको रेञ्जलाई प्रस्ताव गर्दछ । यसमा कालो वर्णका महिलाको स्किन टोनको रंग पनि जोडिएको छ । यसलाई रिहानाले सन् २०१७ मा सार्वजनिक गरेकी थिइन् । यसअघि डार्क स्किन टोनको रेञ्जलाई सजिलै पाउन निकै मुस्किल थियो ।

रिहानाको वास्तविक नाम रोबिन फेन्टी हो । सन् २०१७ मा उनले लग्जरी गुड्स कम्पनी एलभीएमएचसँग साझेदारीमा फेन्टी ब्यूटी कम्पनी सार्वजनिक गरेकी थिइन् ।

फोब्र्सको सूचीमा सबैभन्दा धनी इन्टरटेनरको सूचीमा ओप्रा विन्फ्रेपछि रिहाना दोस्रो नम्बरमा छिन् ।

रिहानाले आफ्नो करियरको सुरुवात १७ वर्षको उमेरमा गरेकी थिइन् । उनको पहिलो म्यूजिक एलबम ‘म्यूजिक अफ द सन’ र ‘अ गर्ल लाइक मीले संगीत क्षेत्रमा एउटा रेकर्ड नै बनाएको थियो ।


कस्तो लाग्यो ?

यो पनि