बैशाख २२, २०८१, शनिबार
               

डीपी दाहालको रचनामा 'यो तीजमा फिलिली नाचम्ला' गीत सार्वजनिक

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

गीतकार डी पी दाहाल परिश्रमीले नेपाली नारीहरूको महान् चाड तिजको अवसरमा यो तिजमा फिलिली नाचम्ला बोलको गीतको भिडियो डिलाईटेड युट्युब च्यानल (Delighted Nepal) मार्फत बजारमा ल्याएका छन् । 

अहिले निकै चर्चामा रहेकी मिठो स्वरकी धनी शान्ति श्री परियारले गाउनु भएको लोक लयमा आधारित सो गीत निकै नै कर्णप्रिय छ  भने भिडियो पनि उत्कृष्ट बनेको छ । नाचमा अब्बल रहेकी अञ्जली अधिकारीले भिडियो तताएकी छिन । साथमा नयन डिसी, रमा थपलिया र कोरस समूहको अभिनय तथा नृत्य रहेको छ । 

माइती र चेलीको संगम तिजमा हुने संगिनी नाच, जोडी गासी सकेका र गाँस्न बाकी रहेका चेलीहरूलाई गीतले रमाइलो ढंगले समेटेको छ । यस गीतमा गीत रचना डीपी दाहाल परिश्रमी, संगीत पुरुषोत्तम न्यौपाने, एरेन्ज केशव बडूको रहेको छ ।

मारुनी स्टुडियोमा रेकर्ड भएको यस गीतको भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । शान्ति श्री परियार र अञ्जली अधिकारीको अर्को मिठो संयोजन बनेको र गीतले सबै नारीहरूलाई प्रतिनिधित्व गरेको छ । गीतको प्रस्तुतिकर्ता रिता सिम्खडा दाहाल हुन् ।

 

यो पनि