बैशाख २२, २०८१, शनिबार
               

शिव शंकरले ल्याए गाईजात्रे झटारो ‘ओम बकम्फुसाय नम’

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडाैं । गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले यो बर्षको लागि आफ्नो गाईजात्रे कमेडी कोसेली ‘ओम बकम्फुसाय नम’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगती प्रति तिखो प्रहार गर्दै उनले ‘ओम बकम्फुसाय नम’ ल्याएका हुन् । रिजालको यो पटकको गाईजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसन समेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन बर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ । जुन ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत बुधबार साँझ सार्वजनिक गरिएको छ । दुई दशकदेखि गाईजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतवर्ष उनले ‘लकडाउन’ नामक गाईजात्रे कोसेली ल्याएका थिए ।


कस्तो लाग्यो ?

यो पनि