बैशाख १५, २०८१, शनिबार
               

सरकारले १० वटा फिल्ममा लगानी गर्ने

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

सरकारले १० फिल्म निर्माणमा लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले फिल्ममा सहनिर्माताको रुपमा लगानी गर्ने भएको हो ।

चलचित्र विकास बोर्डले मंगलबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो । सूचनामा बोर्डले यो आर्थिक वर्ष ०७८/०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको छ । जसमा पाँच फिचर र पाँच छोटो फिल्म रहनेछ ।

मौलिक तथा कलात्मक फिल्म निर्माणमा प्रोत्साहित गर्ने उदेश्यले चलचित्र विकास बोर्डले गत वर्ष स्टोरी बैंकसमेत स्थापना गरेको थियो ।

यसअघि, तीन फिचर र तीन छोटो फिल्ममा सह–लगानी गर्ने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागू हुने गरी फिल्मको संख्या बढाएको हो ।

कस्तो फिल्ममा र कति लगानी गर्ने भन्ने विषयमा भने बोर्डले केही जानकारी दिएको छैन ।
अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमार्फत तीन छोटो र तीन फिचर फिल्म छनोट भएका थिए । यी तीन फिल्मलाई निर्माणमा बोर्डले सहयोग गर्ने भएको छ । स्टोरी बैंकमा प्राप्त फिल्मबाट छनौट समितिले ६ फिल्म सिफरिस गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि