बैशाख १४, २०८१, शुक्रबार
               

विपद् जोखिम न्यूनीकरण सदभावना दूतमा सपुत र दुलाल नियुक्त

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ । 

नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोक गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो ।

गीत संगीतको माध्यमबाट समूदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरूलाई सो सम्बन्धी सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । 

उनले भने, “विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्रियाकलापहरू प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ । यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समूदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण  सद्भावना दूत घोषणा गरिएको छ ।”

प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढि प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि जनाएको छ । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि