बैशाख ०७, २०८१, शुक्रबार
               

अश्लिल फिल्म बनाएको आरोपमा भारतीय नायिका शिल्पा शेट्टीका श्रीमान पक्राउ

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

मुम्बई । भारतीय नायिका शिल्पा शेट्टीका श्रमिान एवं व्यवसायी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ । मुम्बई प्रहरीले उनलाई अश्लिल फिल्म बनाएको आरोपमा सोमबार राति पक्राउ गरेको विभिन्न भारतीय सञ्चार माध्यमले जनाएको छ ।

अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐपमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । यही वर्ष फेब्रुअरीमा उनीबिरुद्ध अश्लिल फिल्म बनाएको र एपमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको थियो ।

सोही अनुरुप नायिका शेट्टीका श्रीमान कुन्द्रा मुख्य आरोपीको रुपमा पक्राउ परेको बताइएको छ । राजकुन्द्राको बिरुद्ध आफुसँग प्रयाप्त प्रमाण भएको र उनलाई सोधपुछ गरिरहेको मुम्बई प्रहरीले जनाएको छ । 

मेडिकल परिक्षणपछि राज कुन्द्रालाई आज (मंगलबार) कोटमा पेश गरिने बताइएको छ ।
 

यो पनि