बैशाख १४, २०८१, शुक्रबार
               

वर्षालाई आफ्नै बोलीको विश्वास छैन

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

कलाकार वर्षा सिवाकाेटीकाे बोलीले रंग फेर्न थालेकाे छ । दुई जनासँग प्रेम चलेकाे बजार राम्रै हल्ला भए पनि आफूले अहिलेसम्म कसैसँग प्रेममा नपरेकाे दाबी गरेकी छन् ।

एक टेलिभिजन अन्तरवार्ताकाे क्रममा आजसम्म आफ्नो कसैसँग प्रेममा नभएको बताएकी हुन् । उनले भनेकी छन्, ‘मेरो आजसम्म कसैसँग प्रेम सम्बन्ध भएन । प्रेम हुन्थ्यो भने त्यो व्यक्तिसँग मैले विवाह गरिसकेको हुने थिएँ । भोलिका दिनमा म जोसँग बिहे गर्छु, सम्झनुहोस् कि म त्यो व्यक्तिसँग नै प्रेममा रहेछु ।’ 

तर अघिल्लो वर्ष उनले अमेरिका बस्ने सविनजंग थापासँगको प्रेम स्वीकार गरेकाे थियो । त्यतिमात्र हाेइन आउँदो २ वर्षभित्र बिहे गर्ने बताएकी थिइन् । सविनसँग अलग भएपछि उनी अभिनेता राज कटुवालसँग गहिरो प्रेममा रहेको चर्चा छ । सामाजिक सञ्जालमा वर्षाले राजसँगका तस्विर शेयर गर्दै प्रेम व्यक्त गरिरहेकी हुन्छिन् ।तर मुखले भने राज आफ्नो  मिल्ने साथी मात्र रहेको उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि