बैशाख १४, २०८१, शुक्रबार
               

‘कान्स फिल्म फेस्टिभल २०२१’ मा ‘टाइटान’ उत्कृष्ट, डुकोर्नोलाई ‘पाल्मे डी ओर’ अवार्ड

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

कान्स (बीबीसी) । फ्रान्सको कान्समा भएको ‘कान्स फिल्म फेस्टिभल २०२१’ मा यौन र हिंसाले भरिपूर्ण फिल्म ‘टाइटान’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । यो फिल्मका निर्देशक जुलिया डुकोर्नोले ‘पाल्मे डी ओर’ अवार्ड जितेकी छन् ।

संयुक्त रुपमा यो अवार्ड जित्ने जुलिया दोस्रो महिला हुन् भने एकल रुपमा जित्ने पहिलो महिला हुन् । यो फिल्म जुलियाको दोस्रो फिल्म हो ।

अमेरिकी निर्देशक स्पाइक लीले अवार्डको घोषणा गरेका थिए । आफ्नो फिल्मले उत्कृष्ट फिल्मको अवार्ड पाएको सुनेपछि निर्देशक जुली केहीबारे भावुक बनेकी थिइन् । फिल्मले समीक्षकबाट आलोचनात्मक टिप्पणी पाइरहँदा फेस्टिभलमा यो फिल्मलाई आश्चर्यजनक किसिमको फिल्म भनिएको थियो ।

कोरोना महामारीका कारण गत वर्ष यो फेस्टिभल हुन सकेको थिएन । सन् २०१९ को ‘पाल्मे डी ओर’ अवार्ड फिल्म ‘पारासाइट’का लागि बोङ जुन होले पाएका थिए । यो फिल्मले सन् २०२० को ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

यसपटकको फेस्टिभलमा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको थियो । फिल्मको प्रदर्शन भइरहँदा उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाएका थिए भने सहभागीको नियमित स्वास्थ्य परीक्षण गरिएको थियो ।

यो पनि