बैशाख ०७, २०८१, शुक्रबार
               

कलाकार ‘चम्सुरी’को दुवै मिर्गौला फेल भएपछि अस्पताल भर्ना

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘चम्सुरी’ पात्र बनेर चर्चा कमाएकी कलाकार पल्पसा डंगोल तीन हप्तादेखि अस्पतालमा छिन् । उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।

विगत तीन हप्ताअघि अस्पताल भर्ना भए पनि पल्पसाको नाजुक स्वास्थ्य अवस्थाको जानकारी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक पोस्ट मार्फत हिजो शनिबार सार्वजनिक भएको हो। उनले आफ्नो र पल्पसाको तस्बिर राखी दीपाश्रीले कलाकार पल्पसा डंगोल(चम्सुरी)को स्वास्थ्य सुधारको कामना गर्दै सबै मिलेर साथ दिन आग्रह गरेकी थिइन् ।

मिर्गौला समस्याका कारण नियमित डायोलोसिस गराउँदै आएकी पल्पसाले आफ्नो स्वास्थ्य अवस्था लामो समय सार्वजनिक नगरेको बुझिएको छ ।

‘मेरी बास्सै’मा पल्पसासँगै ‘बल्छी धुर्बे’को चरित्र निर्वाह गरेका कलाकार मरिचमान श्रेष्ठले भने, ‘दुई तीन वर्षदेखि बिरामी भए पनि हामीले ढिलो गरी उहाँको स्वास्थ्यबारे थाहा पायौं ।’

पल्पसा र मरिचमान ‘बल्छी धुर्बे’ले १० वर्ष मेरी बास्सैमा सहकार्य गरेका छन्। उनले पल्पसाको उपचारका लागि मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको बताए ।

आइतबार बिहान महाराजगञ्ज अस्पतालमा भेट्न पुगेका उनले भने, ‘खाइलाग्दी उहाँ गलेर दुब्ली देखिनुभएको छ । तर डाक्टर, परिवारका सदस्य, कलाकार र अन्य सबैको सहयोगले मिर्गौला प्रत्यारोपण गर्न सफल हुन्छौं भन्ने विश्वास छ ।’

दुई छोरीकी आमा पल्पसालाई उनका छोरीहरुले हेरचाह गरिरहेका छन्। उनलाई टेलिभिजन तथा सिनेमा क्षेत्रका अन्य कलाकारहरुले भेटेर हौसलासमेत बढाइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि