बैशाख २३, २०८१, आइतबार
               

सुपरस्टार कसरी बन्ने ? अब अक्षयकुमारले सिकाउनेछन्

एजेन्सी
साउन ०२, २०७८

ADVERTISEMENT

बलिउड अभिनेता अक्षयकुमार धेरै मानिसका लागि प्रेरणाको श्रोत हुन् । उनी निकै संघर्ष गरेर बलिउडमा स्थापित भएका हुन् । 
भर्खरै सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै अक्षयकुमारले  मानिसलाई अभिनय सिकाउने बताएका छन् ।  ‘भूमिकालाई कसरी अगाडि बढाउने । त्यसको प्रेरणा म रियल जीवनबाट लिने गर्दछु  । तपाईं आफैंले गरेको छोटो भूमिका पनि जीन्दगीभर याद राख्न सकिन्छ’ अक्षयले भने, ‘यो सेसनमा म तपाईंहरू माझ आफ्नो ३० वर्षीय भारतीय चलचित्र करियरको बारेमा शेयर गर्नेछु ।’

भिडियोमा अक्षय अगाडि भनेका छन्, ‘जब म एक सपना देख्ने अभिनेता थिए । त्यो समय औपचारिक रुपमा सिक्ने अवसर कहिल्यै मिलेन । अहिले समय परिवर्तन भएको छ । तपाईंहरु मेरो प्रोफेसनल मास्टर क्लासमा भाग लिन सक्नुहुन्छ । केही सफलता र केही नोक्सानको मेरो ३० वर्षको बलिउड अभिनय यात्राबाट केही सिक्न सक्नुहुनेछ ।’ फ्यानले यो भिडियोलाई मन पराएका छन् । 
कामको कुरा गर्ने हो भने अक्षयकुमार ‘सुर्यवंशी’, ‘पृथ्वीराज’, ‘बेल बोटम’, ‘राम सेतु’,‘ बच्चन पाण्डे’ र ‘रक्षा बन्धन’ फिल्ममा देखिँदैछन् ।


कस्तो लाग्यो ?

यो पनि