बैशाख १६, २०८१, आइतबार
               

अर्काे वर्ष बिहे गर्छु : पूजा शर्मा

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

अभिनेत्री पूजा शर्माले आफूू सिंगल नभएकाे खुलासा गरेकी छन् । आफू कसैकाे मायामा भएकाे तर आकाश श्रेष्ठसँग नाम जोडिए पनि उनी भने नआएकाे बताएकी छन् । रिलमा भने आकाश श्रेष्ठ र पूजा शर्माकाे जोडी जमेकाे छ । दर्शकले पनि उनीहरूकाे जोडी रियलमा पनि हाेस् भने चाहेका छन् ।  साथै विभिन्न माध्यमबाट दवाव पनि दिइरहेका उनले बताइन् ।

अभिनेत्री प्रियंका कार्कीसँगको चिट च्याट गफमा उनले आफू प्रेममा रहेको खुलाएकी हुन् । उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’

साथै आफूले अर्काे वर्ष विहे गर्ने बताएकी छन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’

 


कस्तो लाग्यो ?

यो पनि