बैशाख २५, २०८१, मंगलबार
               

संजय चौधरीले ल्याए थारु भाषाको नयाँ गीत

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

एक दशकभन्दा बढी नेपाली सांगीतिक क्षेत्रमा पप गायकको रुपमा चिनिएका संञ्जय चौधरीले थारु भाषामा नयाँ गीत लिएर आएका छन् । पप गायकको रुपमा स्थापित गायक चौधरीले यसपटक थारु भाषाको गीत गाएका हुन् । चितवनीया थारु भाषाको ‘तुइ तनाउ‘’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । 

उक्त गीतमा गायक चौधरीकै शब्द तथा संगीत रहेको छ। म्याडम्याक्स राइजिङ इन्टरटेनरले सार्वजनिक गरेको भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन् भने हीरा चौधरीले भिडियोको निर्देशन गरेका छन् ।

विक्रमको छायाँकन रहेको भिडियोलाई सुरज महतोले सम्पादन गरेका छन् । यसअघि गायक सञ्जय चौधरीले ‘तिमी आयौ, गल्ती मेरो छैन, तिमीले यो के गरेको, पञ्चेबाजा जस्ता कर्णप्रिय पप गीतहरू सार्वजनिक गरिसकेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि