बैशाख २५, २०८१, मंगलबार
               

‘द भ्वाइस अफ नेपाल’का कर्णराजलाई मातृशोक

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडाैं । कर्णराज गिरी तर, कर्णराजको सपना पुरा नहुँदै उनकी आमाको निधन भएको छ ।

कर्णराजकी आमा विगत केही समयदेखि बिरामी थिइन् । ‘द भ्वाइस अफ नेपाल’मा गीत गाउँदै गर्दा कर्णराजलाई आमाको स्वास्थ्यको चिन्ता पनि सधै हुन्थ्यो । सानैदेखि गायनमा रुची राख्ने उनलाई स्टेजमा गीत गाएको हेर्ने आमाको सपना थियो । कर्णराज आमाको र आफ्नो सपना पूरा गर्न चाहन्थे ।

कर्णराज भ्वाइसको उत्कृष्ट १२ मा पुगेका छन् । तर, यसपछि उनले जीवनमा पाउने सफलताका कैयौं खुड्किलाहरु उनकी आमाले हेर्न पाउने छैनन् । उनकी आमाको शनिबार उपचारका क्रममा निधन भएको छ ।

आर्थिक रुपमा कमजोर कर्णराजको बुबा पनि उनी सानो हुँदा नै बितेका थिए । बुबा बितेपछि सर्लाहीका कर्णराजले काठमाडौंमा ट्याक्सी चलाउन थाले । विगत ३–४ बर्षदेखि रातको समयमा ट्याक्सी चलाउँदै उनले दिउँसो भने संगीतलाई समय दिएका थिए ।

हाल कर्णराजका श्रीमती र २ सन्तान छन् । ट्याक्सी चलाउँदै गर्दा गीत गाउने कर्णराजको स्वरलाई यात्रुहरुले पनि खुबै मन पराएका थिए ।

नेपालकै नम्बर १ रियालिटी शोमा सहभागी भएपछि कर्णराजको परिचय बदलिएको छ । संगीत क्षेत्रमा नै स्थापित भएको खण्डमा यसमा नै अगाडि बढ्ने सोच उनको छ ।


कस्तो लाग्यो ?

यो पनि