बैशाख २१, २०८१, शुक्रबार
               

बाढी प्रभावितका लागि कलाकारहरुको समिति गठन, करिष्माको  एक लाख सहयोग

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको छ ।

समितिले सिन्धुपाल्चोकमा बाढी प्रभावित क्षेत्रमा भत्किएका संरचनाको पुननिर्माणको लागि कोष स्थापना गरेर सहायतालाई आह्वान गर्नेछ ।

यस्तै, सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि अभिनेत्री करिष्मा मानन्धरले सहयोगको घोषणा गरेकी छिन् ।

बाढीपीडित बासिन्दालाई वर्षायाममा ओत लाग्ने छानोको व्यवस्था होस् भन्दै उनले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेकी हुन् ।

उनले पीडितलाई सबैले सकेको सहयोग गर्नसमेत आब्हान गरेकी छिन् ।
 


कस्तो लाग्यो ?

यो पनि