बैशाख १२, २०८१, बुधबार
               

भाइरल बाल कलाकार सचिन र नितिसाको नयाँ गीत सार्वजनिक

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ र टिकटकका आधारमा निर्भर हुने गरेको छ । यसैले पनि होला, नेपाली म्युजिक भिडियोमा टिकटकमा राम्रो फलोअर्स कमाएका अनुहारदेखि सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएका व्यक्तिहरू देखिने गरेका छन् ।

पछिल्लो समय उनै भाइरल गायक सचिन परियारको स्वरमा रहेको ‘आमाको काख’ गीत सार्वजनिक भएको छ । गुल्मीका १० वर्षीय बालक सचिन परियार नेपाली म्युजिक भिडियो र युट्युबमा चर्चाका पात्र हुन् । 

मङ्गलवार सार्वजनिक सो गीतको भिडियोमा सचिन आफैले अभिनय गरेका छन्, भने उनलाई टिकटकमा चलेकी अर्की प्रतिभावान् कलाकार नितिसा बुढाथोकीले साथ दिएकी छिन् । उमेरले सचिनकै हाराहारीमा रहेकी नितिसाका यसअघि पनि केही भिडियोहरू सार्वजनिक भएका थिए । स्वदेशगान र आमाको माया समेटिएको गीतमा सचिन र नितीसाको बाल जोडी निक्कै सुहाएको दर्शकहरूको प्रतिक्रिया छ ।

सचिनको रमाइलो तरिकाले बोल्ने शैली मन परेर उनीसँग भिडियोमा अभिनय गरेको  नितिसा बुढाथोकी बताउँछिन् । उनी भन्छिन् ‘सचिनले बोलेका शब्दहरू टिकटकमा भाइरल छन् । टिकटकदेखि भिडियोका उसको संवादमा मलाई धेरै रमाइलो लाग्छ। यसैले सचिनसँग भिडियोमा अभिनय गर्ने सोच आयो ।’

‘आमाको काख’ गीतको शब्द र संगीत तिलक कार्कीको हो भने सन्तोष प्रगाढले एरेन्ज गरेका हुन् । भिडियोमा सचिनका बुबा तेजेन्द्रले पनि बुबाकै भूमिकामा अभिनय गरेका छन् । आमाको भूमिकामा छिन् सिम्रन दुलाल ।

पछिल्लो समय युटुवमा भाइरल रहेका पुण्य गौतम र फिल्म निर्माता तथा कलाकार नवीन बुढाथोकीको पनि भिडियोमा अभिनय देख्न सकिन्छ । साथै तिलक कार्की, लक्ष्मण श्रेष्ठ, राजकुमार बजगाईँ र अनुस्का थापाले समेत भिडियोमा अभिनय गरेका छन् ।

 

सचिनका अधिकांश भिडियो भाइरल

यसअघि उनै सचिनले ‘इन्द्रेणी’कार्यक्रममा पुगेर बालगायिका आयुषा गौतमसँग रमाइलोका साथ गीत गाएका थिए । लगत्तै सचिन परियारको पहिलो गीत भनेर सार्वजनिक भयो, ‘ओठ खोलेर’ र ‘रातो रबर’ । सचिन परियारसँगै अर्की बाल गायिका रबिना बसेल लगायतको स्वर रहेको गीतलाई युट्युबमा राम्रै दर्शकले हेरका छन् ।

सचिनले गाएका गीतहरु युटुवमा अक्सर धेरै हेरिएका छन् । सचिनले ‘ढाका चोली’बोलको गीतको भिडियोमा अभिनय गरे ।

यस्तै सचिनले अभिनय गरेको अर्को भिडियो ‘रुमाल खस्छ की’ पनि सार्वजनिक भयो । सचिनले नायक राजेश हमालसँग समेत भिडियोमा काम गरेका छन् । ‘बरको छायाँले’बोलको गीतमा सचिनले राजेशसँग अभिनय गरेका हुन् । 

यो पनि