बैशाख १३, २०८१, बिहीबार
               

‘पानी कुलाको’ गीत सार्वजनिक

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

मौलिक लोकभाकामा आधारित ‘पानी कुलाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा सर्जक सुरज लामिछाने र पार्वती सुवेदीको आवाजमा रहेको गीतको भिडियो युटसबमार्फत सार्वजनिक भएको हो । गाउँघर मेलापातमा प्रयोग गरिने शब्द रहेको सो गीतको विवेक धिताल र सुरज लामिछानेले शब्द सङ्कलन गरेका हुन् ।

भिडियोमा मोडल विमल अधिकारी, गरिमा शर्मा, तिलक बहादुर श्रेष्ठ, सन्तोष मगरात लगायतले अभिनय गरेका छन् । मिहिनेतका साथ निर्माण गरिएको भिडियोलाई सुरज लामिछाने अफिसियल युटुब च्यानलबाट  सार्वजनिक गरिएको हो ।

उत्कृष्ट शब्द र आवाज रहेको सो  गीतलाई दर्शक श्रोताले रुचाउने निर्माण पक्षले आकलन गरेको छ।

गीतमा प्रयोग भएका शब्द, लय र सङ्गीत निकै दमदार भएकोले धेरै दर्शक श्रोताको मन जित्ने राष्ट्रिय सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष रमेश दुलाल बताउँछन् । उनी भन्छन् ‘पछिल्लो समयमा कोठे गीतहरू धेरले छन्, तर यो पानी कुलाको गीत गाउँघरमा प्रचलित शब्दहरू मौलिक शब्दमा आधारित छ, यो गीत धेरैले मन पराउनेछन् ।’


कस्तो लाग्यो ?

यो पनि