बैशाख ०६, २०८१, बिहीबार
               

प्रेम थापाको ‘भुल भयो मबाट’ चर्चाको शिखरमा

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

केही दिनयता ‘भुल भयो म बाट, भैगो सानु बोल्दिन अब त’ गीत टिकटकमा भाइरल छ । यो गीतमा टिकटकमा अभिनय गर्दै धेरेले फेसबुकमा राखेका देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र प्रेम थापा थापाले मोडलिङ गरेका छन् । 

मोडल प्रेम थापा सञ्चारकर्मी समेत हुन् । फिल्मी सम्बन्धी विषयको पढाइसँगै पत्रकारिता र कलाकारिता क्षेत्रमा अघि बढिरहेका उनका यसअघि पनि धेरै भिडियो बजारमा आइसकेका छन् । यो पछिल्लो भिडियो भने प्रेम थापाकै जिल्लावासी बागलुङे गायक सुवास खत्री तथा चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा छ ।

केही दिनअघि मात्रै एमरल्ड आर्ट स्टुडियो’ युट्युब च्यानलबाट भिडियो राखेलगतै ‘भुल भयो म बाट’ गीत टिकटकलगायत सामाजिक सञ्जालमा गीत चर्चित बनेको हो । भिडियो युट्युबमा राखेको छोटो समयमै राम्रो भ्यूज बटुलेर चर्चाको शिखरमा पुग्न सफल भएको छ । भिडियोले राम्रो प्रतिक्रिया समेत पाएको छ । 

गीतमा चर्चित सर्जक शिव अखेलीको शब्द रहेको छ, भने चर्चित गायक ईश्वर सिंहले सङ्गीत दिएका हुन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई सुजित खत्री तथा सुजन खत्रीले बजारमा ल्याएका हुन । गीतको म्युजिक भिडियोका निर्देशक भने शृजन बराल हुन् ।

मोडल प्रेम थापाले ‘खोलीको पानीले, माया लाएर नै हो, तथा भारतीय लोकप्रिय गायिका सञ्जीवनीको स्वरमा रहेको दोहोरी गीत ‘समय’ लगायत दर्जनौँ चर्चित गीत समेत अभिनय गरेका छन् । रङ्ग क्षेत्रमा लागेको दसकौँ भइसक्दा समेत उनले अहिलेसम्म आफूलाई चर्चामा वा भाइरल बनाउने नाममा कुनै हथकण्डा गरेनन् । बरु उनले मिहिनेत गरे । मोडल प्रेम थापा भन्छन् ‘म चर्चित हुन भाइरलको हथकण्डा होइन मिहिनेत गरेरै बिस्तारै चर्चाको शिखरमा पुग्न चाहन्छु ।’

भिडियोमा एकपछि अर्को सफलताको फड्को मार्दै गएपछि अहिले उनीभित्र कलाकारिताको थप आत्मविश्वास बढ्दै गएको छ । आफ्नै मिहिनेतले उनी अगाडि बढ्दै आएका हुन् । त्यसलाई उनी सङ्घर्षको पर्याय दिन्छन् । उनी भन्छन्, ‘इमानदार र कामप्रति लगाव हुनेहरूले सङ्घर्ष भनेको केवल काममै अभ्यस्त नै रहेछ ।’ 

यो पनि