बैशाख १५, २०८१, शनिबार
               

प्रेमध्वज प्रधानको योगदान चीरकालसम्म सम्झने छौँ : राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
बैशाख २४, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छन् ।
उनले बिहीबार बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गगरेकी हुन् ।

‘नेपाली सङ्गीतको श्रीवृद्धिमा उहाँको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ’, ट्वीटमा भनिएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन् ।

दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । ‘नेपाली गीतसंगीतको क्षेत्रमा उहाँको योगदान सदा स्मरणीय रहने छ’, ट्वीटमा भनिएको छ । 

प्रधानमन्त्री ओलीले बिहीबार नै राष्ट्रिय समावेशी आयोगका सदस्य  रामचन्द्र जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्दै उनिप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि