बैशाख १२, २०८१, बुधबार
               

गायक प्रमोद खरेल दुर्घटनामा परेको भन्दै गलत हल्ला

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

काठमाडौं । गायक प्रमोद खरेल दुर्घटनामा परेर गम्भीर घाइते भएको भन्दै केही सामाजिक सञ्जालमा हल्ला फैलियो । उक्त हल्लापछि उनका लाखौँ फ्यानहरुमा निराशा पनि छायो । धेरैले चासो लिए ।

तर, सामाजिक सञ्जालको हल्लाको यस गलत कदम र केही अनलाइनहरुमा आएका समाचारप्रति स्वयम् गायक प्रमोद खरेलले आपत्ती जनाएका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेखेर आफू कुनै दुर्घटनामा नपरेको र सकुशल रहेको सम्पूर्ण आफ्ना शुभचिन्तकहरुलाई जानकारी गराएका छन् ।

साथै, खरेलले केही अनलाइनमा आएका गलत समाचारको पछि नलाग्न आग्रह गरेका छन् ।  उनले यतिबेला भ्वाइस अफ नेपाल सिजन ३ मा कोचको राम्रो भूमिका निभाइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि