बैशाख १५, २०८१, शनिबार
               

अनुशुयालाई अवार्ड

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

नयाँ पुस्ताका युवा कलाकारितामा बढी नै आकर्षित हुन थालेका छन् । केहीले सपना पूरा गरेका छन् भने धेरै क्षणिक संघर्षबाट हार खाएर पलायन भएका देखिन्छन् । मोडलिङमा प्रशस्त सम्भावना छन्, तर त्यसलाई पहिल्याउन सक्नुपर्छ ।

यही क्रममा पढाइसँगै मोडलिङलाई एकैसाथ अघि बढाइरहेकी मोडल हुन् अनुशुया ठकुरी । विभिन्न स्टेज कार्यक्रममा आकर्षक बेली डान्सको प्रतिभा प्रस्तुत गर्दै आइरहेकी अनुशुया विशेषतः म्युजिक भिडियोमा आफूलाई स्थापित गराउन चाहन्छिन् । 

केही भिडियोमा मोडलिङ गरिसकेकी उनले मंगलबार मात्र एक अवार्ड हात पार्न सफल भएकी छिन् । काठमाडौंमा भएको ‘योङ्ग माइण्ड इन्टरमेन्ट अवार्ड’मा ‘औँसी रातैमा’ बोलको म्युजिक भिडियोबाट उनी ‘न्यु मोडेल इन्करेजमेन्ट अवार्ड’बाट सम्मानित भइन् । उक्त पहिलो अवार्डले आफ्नो जीवर र करियरमा ठुलो महत्त्व राख्ने उनले बताइन् । 

बेली डान्सरसमेत रहेकी अनुशुयाको मोडलिङ यात्रा त्यहीँदेखि सुरु भएको हो जहिले उनले ‘मायाको चिनो’ बोलको गीतमा मोडलिङ गरिन् । आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको सो गीतमा अनुशुयाले नाचेको भिडियो धेरैले रुचाए । त्यसो त पछिल्लो समय उनले अरू केही म्युजिक भिडियोमा समेत काम गरेकी छिन् । 

‘कला क्षेत्रमा आउने सोच सानैदेखि नै थियो,’ उनले भनिन् ‘सानोमा टेलिभिजन हेर्दा त्यही सानो टिभीभित्र कसरी पस्ने होला, कसरी नाच्ने होला, भन्ने उत्सुकता हुन्थ्यो । ’

‘नयाँ प्रतिभाहरूका लागि कला क्षेत्रमा कस्तो स्थान पाउनुभयो’ भन्ने प्रश्नमा अनुशुया भन्छिन् ‘मोडलिङ क्षेत्रमा प्रतिभा भएका जोसुकै नयाँलाई पनि अहिले धेरै स्थान र अवसर रहेछ,  तर मेहनतको खाँचो छ ।  पहिलाको तुलनामा अहिले कला क्षेत्रमा अभिनय गर्ने र लगानी गर्नेहरुपनि धेरै शिक्षित र फिल्मी कोर्ष पढेरै आउनेहरू पनि धेरै रहेको मैले पाएको छु ।’

आफूलाई यस क्षेत्रमा आउन र सफलता मिल्नमा आमा रोशनी सेनको हात रहेको अनुशुया बताउँछिन् । रोशनीकी आमा मात्र होइनन् छोरीको ‘बेस्ट फ्रेन्ड’समेत हुन् । छोरीलाई पढाइसँगै कला क्षेत्रमा सहज र सरल बनाउन उपयुक्त वातावरण बनाइदिन्छिन् । 

रोशनी भन्छिन्, ‘म मेरी छोरीको मम्मी मात्र होइन, बेस्ट फ्रेन्ड पनि हुँ, उनले मसँग हरेक कुरा सेयर गर्न सक्छिन्, जसले उसको बारेमा म सबै कुरा बुझ्न सक्छु, जसले उसलाई मैले मोडलिङ क्षेत्रमा थप सहयोग गर्न सक्छु ।’ 

नेपाली कला र सङ्गीतको आकाश एकदमै ठुलो भन्दै अनुशुया यसमा उड्ने अधिकार सबैलाई भएको बताउँछिन् । अहिले आफू नयाँ भए पनि भोलि उचाइमा पुग्ने उनको आत्मविश्वास छ । 

उनी भन्छिन् ‘म अहिले नयाँ नै छु, उमेर पनि सानै छ । सबै जना पहिला आउँदा नयाँ नै हुन्छ । अग्रज दाइ–दिदीहरू पनि सुरुमा नयाँ नै हुनुहुन्थ्यो । बिस्तारै मिहिनेत गर्दै जाँदा उहाँहरू अगाडी र धेरै माथि पुग्नुभएको छ । म पनि भोलि त्यो स्थान बनाउन सक्छु भन्ने विश्वास छ ।’


कस्तो लाग्यो ?

यो पनि