बैशाख ०७, २०८१, शुक्रबार
               

सञ्जय कपूरकी छोरी शनाया कपूर बलिउडमा डेब्यु गर्दै

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

सञ्जय कपूरकी छोरी शनाया कपूर बलिउडमा डेब्युको तयारीमा छिन्। बलिउड स्टारका छोराछोरी फिल्म इन्डस्ट्रिजमा आउने एक किसिमको परम्पराकै रुपमा उनी बलिउडमा देखा पर्न लागेकी हुन् ।

उनलाई करण जोहरले आफ्नो प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा रिलिज गर्न लागेका छन् । उनी करण जोहरको हाउस धर्मा प्रोडक्सनमार्फत् ब्यानरमा रिलिज हुन लागेकी हुन् । 

करणले भिडियो शेयर गर्दै लेखेका छन्, ‘हाम्रो फ्यामिलीमा अर्को एक सुन्दर एडिसन थपिएको छ । डीसीए स्क्वाडमा तिमीलाई स्वागत छ शनाया कपूर ।’

शनायाले डेब्यु गर्ने फिल्मको प्रोडक्सन जुलाईबाट सुरु हुने करणले जानकारी गराएका छन् । भिडियोमा शनाया विभिन्न पोजमा देखिएकी छन् । शनायाले पनि यस भिडियोलाई आफ्नो सोशल मिडिया पेजमा शेयर गरेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि