बैशाख १५, २०८१, शनिबार
               

‘मिस इको इन्टरनेसनल नेपाल २०२०’ विजेता अनुश्मा रायमाझी इजिप्ट प्रस्थान

नेपाल फ्ल्यास
चैत ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । ‘मिस इको इन्टरनेसनल नेपाल २०२०’की विजेता अनुश्मा रायमाझी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा सहभागिताका लागि इजिप्ट उडेकी छन् ।

६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा अनुश्मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

उनलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियाका सिइयो प्रविन लाकौल र कोरियोग्राफर अनिला श्रेष्ठ पुगेका थिए ।

२१ वर्षीय रायमाझीले ‘मिस इको इन्टरनेसनल’को ताज नेपाल भित्र्याउने उदेश्यसहित सहभागी हुन लागेको बताइन् ।१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगितामा रायमाझी नेपाली कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थलको भिडियोसहित त्यसतर्फ उडेकी हुन् । प्रतियोगिताका लागि रायमाझीको पहिरन ड्रेस डिजाइनर मेगबी श्रेष्ठले तयार गरेकी हुन् ।

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एलटीसिपि अर्गनाईजेशनले ‘व्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई २०१५ इजिप्टदेखि सुरु गरेको प्रतियोगिताको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्क मार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

कोरियोग्राफर अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा समेत रहेकी छन् ।

यो पनि