बैशाख १४, २०८१, शुक्रबार
               

कला क्षेत्रमा आए रुपेश दानी, छुट्टै पहिचान बनाउने लक्ष्य

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात् सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान् । यसको लागी मोडलिङलाई आफ्नो पेसा बनाउन तथा आफ्नो सोख पूरा गर्न मोडलिङ पेसामा आबद्ध हुँदै गएका छन् । 

त्यस्तै, चाहना लिएर मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाका साथमा देखिएका छन् व्यवसायी रुपेश दानी । नृत्य र अभिनयमा पोख्त रुपेश रेष्टुरेष्ट तथा कन्स्ट्रक्सन व्यवसायी हुन् ।

सुन्दर मुहार र आकर्षक शरीरका धनी उनी नृत्यसँगै अभिनयमा रुची राख्छन् । काठमाडौंमै जन्मेर हुर्केका उनले कला क्षेत्रमा आफूलाई अब्बल दर्जामा पुर्‍याउन कोसिसरत छन् । उनले यसअघि ‘म त लाहुरे’ भिडियोमा नृत्य तथा अभिनय गरेका थिए । उनको छिट्टै अर्को भिडियो पनि आउँदैछ । ‘आई काली’ बोलको गीतको भिडियोमा रुपेशसँगै रुबिना अधिकारीलाई पनि देख्न सकिनेछ । रामकुमार कार्की र कमला खड्काको स्वर रहेको उक्त गीतमा रुपेश दानीकै शब्द छ भने संगीत रामकुमार कार्कीकै छ ।

मानव जीवन भनेको संघर्ष र मिहिनेत भएकाले परिश्रम गर्दै जाने र एकदिन अवश्य सफलताको शिखर चढ्न सकिने उनको विश्वास छ । रुपेश भन्छन्, ‘व्यवसायसँगै अब मोडलिङमा क्यारियर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु । ’


कस्तो लाग्यो ?

यो पनि